• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Fashion

बजारमा नेपाली फेसनको बढ्दो माग

बजारमा नेपाली फेसनको बढ्दो माग
0
VIEWS

nepali-fashion-wear-3काठमाडौ। नेपाली फेसन बजारको ३५ देखि ४० प्रतिशत मागको आपूर्ति काठमाडौको न्यूरोड रंजना गल्लीको होलसेल बजारबाट पूर्ति हुने गरेको तथ्य सार्वजनिक भएको छ। एक दशक यता न्यूरोडको उक्त फेसनको होलसेल बजारबाट देशैभर फेसनेबल पहिरनको मार्केटिङ्ग हुने गरेको नेपाल व्यापार संघले जनाएको छ।

नेपाल तयारी पोशाक धुलाई संघका सदस्य समेत रहेका फेसन व्यवसायी विष्णु पुरुषले नेपालमा तयारी पोशाक उद्योगहरुको संख्या ४ हजार २ सय ६६ वटाको हाराहारीमा रहेको र न्यूरोडमा मात्र तयारी पोशाक व्यापारीको संख्या करिब ६ हजार ४ सय रहेको भने । नेपालको फेसन बजारमा प्रतिदिन २ सय करोड रकमको आयात व्यापार भैरहेको र यसमा नेपालबाट ३० करोडको मात्र निर्यात भैरहेबाट दैनिक १ सय ७० करोडको घाटा रहेको फेसन व्यवसायी विष्णु पुरुषको दावी रहेको छ ।

फेसन व्यवसायी विष्णु पुरुष
फेसन व्यवसायी विष्णु पुरुष

तयारी पोशाकको आत्मनिर्भरता एक दशकको तुलनामा बर्तमान अवस्थामा निक्कै सुधार आएको पाइएको छ । राज्य र सरकारले सही नीति तथा नियम तय गरेमा फेसनको आयातमा निक्कै कटौति हुने फेसन व्यापारीहरुको राय रहेको छ । नेपाल बेरोजगार युवा संघका अध्यक्ष चन्द्रबहादुर थापाका अनुसार नेपालमा १ करोड १५ लाखको हाराहारीमा बेरोजगार युवाहरु रहेका छन् । राजधानी काठमाडौमा मात्र २५ लाख बेरोजगार युवाहरु रहेको आँकडा अध्यक्ष थापाले दिएका छन् ।

nepali-fashion-wear-1

यो आँकडालाई केही हदसम्म न्यूनिकरण गर्ने कार्यमा नेपाली फेसन बजार लागिरहेको फेसन व्यवसायी भरत खरेलले भनेका छन् । शैक्षिक बेरोजगारहरुको संख्यामा प्रत्येक बर्षजस्तो बृद्धि भैरहेको बर्तमान अवस्था रहेको छ । कितावी शिक्षा बाहेक व्यावसायिक शिक्षा नपाएका ती शैक्षिक कतिपय बेराजगार युवाहरु नेपाली फेसन बजारमा हाल आएर व्यवसायीको रुपमा देखिन थालेका छन् ।

nepali-fashion-wear-2

व्यावसायिक सीप नसिकेका शैक्षिक बेरोजगारहरुलाई सीप सिकाएर उद्यमशील बनाउने कार्य उद्योग मन्त्रालयबाट भैरहेको उद्योग विभागका उद्योग अधिकृत सुचित्रा राईले बताइन् । यसतर्फ घरेलु तथा साना उद्योग विभाग निक्कै क्रियाशील रहेको अधिकृत राईले खुलासा गरेकी छन् । विभिन्न संघ–संस्था मार्फत विभिन्न सीप सिकाउने कार्य भैरहेको समेत राईले भनेकी छन् । त्यसमा पनि नेपाली फेसन बजारमा यसप्रकारका सीपमूलक उद्यमशील तालिमबाट निक्कै नै टेवा दिइरहेको जिकिर पनि राईको रहेको छ।

nepali-fashion-wear-5
केही बर्षअगाडिसम्म पनि नेपाली तयारी पोशाक उद्योगहरुमा भारतीय कालिगढहरुको मात्र बर्चश्व हुने गरेकोमा केही बर्षयता नेपालीहरुको संख्यामा पनि क्रमिक रुपमा बृद्धि भैरहेको बीएसएस तयारी पोशाक उद्योगका प्रवन्धक सुशील श्रेष्ठ सुनाउंछन् । न्यूरोड रंजना ट्रेड सेन्टरमा फेसन व्यवसायको होलसेल व्यापार गर्दैआएकी जिन्स वल्र्ड फेसन हाउसकी सीइओ कल्पना श्रेष्ठ नेपालमा नै उत्पादन भएका नेपाली फेसनको मार्केट राम्रो भैरहेको दावी गर्छिन् ।

केही बर्षअगाडिसम्म नेपालमा चीनिया पहिरनको निक्कै आयात हुने गरेकोमा हाल ३५ प्रतिशतसम्म कमी आइसकेको श्रेष्ठ भन्छिन् । नेपालीहरुले विदेशमा निर्मित फेसनेबल पहिरन भन्दा अचेल नेपालमा नै उत्पादन भएका नेपाली पहिरन मन पराउन थालेका छन् । विदेशी मात्र टिकाउ हुन्छ र ब्राण्डेट हुन्छ भन्ने पुरानो नेपाली मानसिकतामा परिवर्तन आइसकेको छ । नेपालमा नेपालीले बनाएको फेसनप्रति नेपालीको आकर्षण पहिलाको तुलनामा निक्कै बृद्धि भैसकेको नेपालको प्रसिद्ध फेसन डिजाइनर राजेश धाख्वाले पनि स्वीकारेका छन्।

nepali-fashion-wear-4

धाख्वाका अनुसार नेपालमा डिजाइन भएका र उत्पादन भएका फेसनेबल पहिरन स्पेन, अमेरिका, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकमा समेत नियमित रुपमा निर्यात हुन थालेका छन् । युरोपतिर त नेपालमा उत्पादन भएका नेपाली फेसनेबल पहिरनको निक्कै माग भएको नेपाली फेसनको निर्यातकर्ता समेत रहेका विष्णु पुरुषले भनेका छन्। यस हिसावले पनि फेसन बजारमा नेपाली फेसन पनि आत्मनिर्भर बन्ने तर्खरमा रहेको छ। जुन सकारात्मक संकेतको रुपमा लिन सकिन्छ ।
प्रकाशन मिति–२०७३ साल पुस २५ गते सोमवार ।

Tags: Nepali Fashion wearबजारमा नेपाली फेसनको बढ्दो माग
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023

Hello world!

57944
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39999
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26398
मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

मदनसुन्दर स्थानीय सरकार बनाउने पहिलो स्वर्णिम मेयर

25 March 2023
Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

Closing / Prize Distribution Ceremony of “8th Edition of Nepal-Pakistan Friendship T20 Cricket Tournament-2023”

18 March 2023
नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

नेवाःपत्रकार राष्ट्रिय दबूको उल्लेखनीय योगदानको गरिमामय सम्मान

12 March 2023
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.