• Contact Us
  • Advertisement I बिज्ञापन
VisionSansar.com
Advertisement
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
  • Home
  • Our Productions
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • Music
    • Nepali Music
    • Lok Dohari
    • Hindi Music
    • English Music
  • Join Now
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Uncategorised

भारतमा १२ औं दक्षिण एसियाली खेलकुद संपन्न–नेपालमा खेलाडीको भव्य स्वागत

भारतमा १२ औं दक्षिण एसियाली खेलकुद संपन्न–नेपालमा खेलाडीको भव्य स्वागत
0
VIEWS

Page No.5- Sports- SAAG game 2काठमाडौ । दुई वर्षपछि नेपालमा भेट्ने बाचा गर्दै दक्षिण एसियाली खेलकुद (साग) को १२ औं संस्करण मंगलबार भारतको गुवाहाटीमा संपन्न भएको छ । गुवाहाटीको सुरुसजाईस्थित इन्दिरा गान्धी रंगशालामा आयोजित भव्य समापन समारोहमा नेपालका युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डललाई भारतका युवा तथा खेलकुदमन्त्री सर्वानन्द सोनोवालले सागको झन्डा हस्तान्तरण गरेपछि १२ औं साग संपन्न भएको घोषणा गरिएको छ। बुधवार नेपालमा फुटबलमा स्वर्ण पदक जितेर फर्केको नेपाली खेलाडीको टोलीलाई भव्य स्वागत तथा सम्मान गरिएको छ।

Page No.5- Sports- SAAG game 3यसअघि भारतको सपान कार्यक्रममा भारतीय मन्त्री सोनोवालले भारतीय ओलम्पिक कमिटीका अध्यक्ष एन रामचन्द्रनलाई सागको झन्डा दिए। त्यसपछि रामचन्द्रनले उक्त झन्डा अन्तरराष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। अन्त्यमा उक्त झन्डा श्रेष्ठले नेपालका खेलकुदमन्त्री मण्डललाई हस्तान्तरण गरेपछि सागको १३ औं संस्करण आयोजना गर्ने जिम्मेवारी नेपालमा सरेको हो। प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने सागको आगामी संस्करण सन् २०१८ मा नेपालमा हुने भएपनि प्रतियोगिताको मिति र खेल स्थलको टुंगो लाग्न भने बाँकी छ।

मन्त्री मण्डललाई सागको झन्डा हस्तान्तरण गरिएपछि कार्यक्रममा आगामी आयोजकको हैसियतमा नेपालको राष्ट्रिय गान बजाएतापनि आयोजक भारतको बदमासीले प्राविधिक गडबढी गरिदिएको थियो। साथमा आगामी आयोजक राष्ट्रको कला–संस्कृतिका विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रममा नेपाली कलाकारले नेपालबारे विभिन्न प्रस्तुति रोचक ढंगवाट प्रस्तुत गरेका थिए।

Page No. 3- Raju Kaji Shakya 1कार्यक्रममा एनओसीका अध्यक्ष श्रेष्ठले सागको १३ औं संस्करण नेपालले भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। श्रेष्ठले दक्षिण एसियाली राष्ट्रहरूको ओलम्पिकका रूपमा परिचित सागको आगामी संस्करण सफल बनाउन आफूहरूलाई सरकारको पूर्ण साथ रहेको जानकारी पनि गराए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट पनि सहभागीता रहेको थियो ।

दक्षिणएसियाली खेलकुद प्रतियोगिताको सुरुआत नै नेपालबाट भएको हो । सन् १९८४ मा पहिलो दक्षिणएसियाली खेलकुद नेपालमा आयोजना भएको थियो । यसैगरी सन् १९९९ मा दक्षिण एसियाली खेलकुदको आठौं संस्करण पनि नेपालमै आयोजना भएको थियो।

Page No.5- Sports- SAAG game 1

सागमा स्वर्ण जित्नेलाई जनही ५ लाख रुपैयाँ दिने
बुधवार नै नेपाल सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । साग विजेता खेलाडीलाई स्वागतरसम्मान गर्न बुधबार दशरथ रंगशालामा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले ५ लाख रुपैयाँ घोषणा गरे। मन्त्री मण्डलका अनुसार स्वर्ण जित्ने सबै फुटबल खेलाडी तथा अफिसियलसहित व्यक्तिगत स्वर्ण जित्ने अरु दुई खेलाडीलाई सरकारले ५ लाख दिनेछ । नेपालले फुटबलसहित जुडो र उसुमा स्वर्ण जितेको छ ।

प्रकाशन मिति–२०७२ साल फागुन ६ गते विहीवार ।

Tags: SAG Gameभारतमा १२ औं दक्षिण एसियाली खेलकुद संपन्न–नेपालमा खेलाडीको भव्य स्वागत
Share
Shyam Smrit

Shyam Smrit

Stay Connected test

  • 23.8k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

तन्नेरी जोश वोकेका युवा वडा सरकार प्रमुख सुरज खड्काको उज्यालो नमूनामय विकास

12 March 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

लक्ष्मी महत इन्टरनेशनल नेपाली व्युटीसियन

10 February 2023
कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

कलात्मक चलचित्र चरीवाट विष्णु रिजालको कमब्याक

10 March 2023

Hello world!

59699
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

40076
भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

भारतीय सुन्दरीबाट नेपालको अस्मितामाथि ठूलो प्रहार

26421
चलचित्र कैदीको पत्र नेपालमा  प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

चलचित्र कैदीको पत्र नेपालमा प्रदर्शन शुभारम्भ-राम्रो तथा उत्कृष्ट चलचित्र भएको प्रतिक्रिया

28 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

आलापोट जात्रा भव्य तथा सभ्य ढंगले संपन्न

23 April 2023
हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

हांस्य सम्राट एवम् विशिष्ट अभिनेता मदनकृष्ण श्रेष्ठको ७४ औं शुभजन्मोत्सवमा महाउत्सव

23 April 2023
लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

लिच्छबीकालिन नगरी आलापोटमा जात्राको रौनकता

22 April 2023

Recent News

  • About Us
  • Nepali Music
  • Join Now
  • Advertisement I बिज्ञापन
  • TV Shows

>.