काठमाडौं। मनको इच्छा पूरा गरिदिने देवीको रुपमा चिनिएको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको घुँइचो बढ्न थालेको छ।

गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो।

कोरोना भाइरसका कारण नौं महिना बन्द भएर गत मंसिर २८ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थीको संख्या बढ्दै गएको हो।

मनकामना मन्दिरका मूल पुजारी इन्सान थापाका अनुसार, हिजो शनिवार एकै दिन पाँच हजारभन्दा बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन्।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मनकामना मन्दिर दर्शनका लागि खुला गरिएको छ।
प्रकाशन मिति–२०७७ साल माघ ४ गते आइतवार ।