काठमाडौं। जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने महाअभियानमा लागेको हामी नेपाली ग्लोबलले नेपालमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न गरेको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नंबर २ स्थित गोल्चेमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न गरेको हो।

स्थानीयलाई सीपवान वनाएर उद्यमशीलता विकास गरेर उद्योग र रोजगारी सिर्जना गर्न हामी नेपाली ग्लोबलको समन्वयमा अर्गानिक सावुन वनाउने तालिम सम्पन्न भएको जानकारी हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले वताएका छन्। केन्द्रिय अध्यक्ष लामाका अनुसार, स्थानीय सिस्नु, तितेपाती, बनमारा, बेसार, चौरीगाईको घ्यू, भीरमौरीको मह, सौर्य तेल, जाइफलको तेल तथा नरिवलको तेलको समिश्रमणवाट अर्गानिक हामी नेपाली ग्लोबल सावुन वनाउने स्थानीयलाई तालिम दिइएको हो।

तालिम फिलिपिनी सावुन प्रशिक्षक इभा नाइसीले दिएका थिए। तालिमवाट स्थानीय महिला तथा पुरुषहरुलाई लाभान्वित बनेका छन्। तालिम जुगल गाउंपालिकाको आर्थिक सहयोगमा भएको थियो। तालिम प्राप्त महिला तथा पुरुषहरुले अर्गानिक सावुन वनाउन आफूहरुले छोटो समयमा नै सिकेको र आफूहरुले अर्गानिक सावुन उत्पादन गरेर उद्यमी वन्ने बचनबद्धता पनि व्यक्त गरेका छन्।

कुनैपनि साइट इफेक्ट नहुने अर्गानिक सावुन जस्तै लाभदायिक अर्गानिक कफी, सिस्नोको पात, अचार लगायतका उद्यम गर्न र गराउन हामी नेपाली ग्लोबलले समन्वय तथा सहयोग गर्ने जानकारी पनि केन्द्रिय अध्यक्ष लामाले दिएका छन्। नेपाल र नेपालीलाई समृद्ध वनाउने हामी नेपाली ग्लोबलको लक्ष्यनुरुप कार्य भैरहेको जानकारी पनि अध्यक्ष लामाले दिएका छन्।

प्रकाशन मिति–२०७७ साल माघ ३ गते शनिवार ।