मलव्दारमा सुनका विस्कुट बनाएर ल्याउने तीन चीनिया नागरिक पक्राउ

0 minutes, 0 seconds Read

काठमाडौं। ज्यान नै जोखिममा पारेर नेपालमा सुनको तस्करी हुने गर्दछ। त्यो पनि मानिसको मलव्दारमा सुनको विस्कुट नै बनाएर दुःसाहसपूर्वक सुन तस्करी गरेर नेपाल ल्याउने चानचुने कुरा अवश्य होइन। त्यसरी ज्यानै जोखिममा पारेर नेपालमा सुन तस्करी गर्ने नेपाली नभइकन तीन चीनिया नागरिकलाई विहीवार नेपालमा पक्राउ गरिएको छ।

चीनको कुनमिङबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजबाट आएका ती तीन चीनिया यात्रुले भन्सार अधिकारीका आँखा छलेर नेपालमा सुन तस्करी गर्न लाग्दा पक्राउमा परेका हुन्। चीनवाट नेपाल आएका ती यात्रीहरुलाई बेलुका ५ बजेतिर भन्सार अधिकारीले मेटल डिटेक्टरले जाँच्दा उनीहरुले केही लुकाइरहेको संकेत मिलेपछि उनीहरु शंकाको घेरामा परेका थिए।

होलबडी स्क्यानिङको गर्न विमानस्थल नजिकको केएमसी अस्पतालमा लगेर उनीहरुको एक्सरे गरिएको थियो। एक्सरेवाट उनीहरुले मलव्दारमा विस्कुट आकारको धातु लुकाएर ल्याएको प्रष्ट देखिएपछि केएमसीका डाक्टरहरुले उनीहरुलाई दिसा लाग्ने औषधि खुवाएका थिए।

प्रहरीको रोहवरमा उनीहरुलाई वाटा आकारको प्लास्टिकको भाडामा दिसा गर्न लगाइएको थियो। दिसामा पहेंलो धातु खसेपछि र त्यसलाई पखालेपछि पुष्टि भयो, उनीहरुले मलद्वारमा सुन लुकाएर ल्याएका थिए। कान्तिपुर डेलीले जनाएअनुसार तीन मध्ये दुईबाट एक–एक किलो र अर्को एकबाट एक किलो तीन सय ग्राम विस्कुट आकारको सुन बरामद गरिएको थियो।
प्रकाशन मिति–२०७५ साल चैत्र २८ गते विहीवार ।

Similar Posts