महेशराज ढकालको नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका सार्वजनिक

0 minutes, 0 seconds Read

mahesh-dhakal-news-5काठमाडौ। नेपाल हस्पिटालिटी फाउण्डेसनको चौथो बार्षिक उत्सवको अवसर पारेर कृषि, ऊर्जा तथा पर्यटन विषयक नेशनल अपलिफ्टमेन्ट नामक मासिक पत्रिकाको विमोचन भएको छ। काठमाडौको धुम्बाराही मण्डिखाटार स्थित गेट कलेजमा आयोजित समारोहमा नेपालका कृषि विकास मन्त्री गौरीशंकर चौधरीले शनिवार विमोचन गरेका छन्।

mahesh-dhakal-news-2पत्रिका विमोचन समारोहमा बोल्दै मन्त्री चौधरीले कृषि क्षेत्रको समग्र विकासका लागि चालु आर्थिक बर्षदेखि लागू गरिएको कृषि विकास रणनीतिमा आधारित भएर १० बर्षे कार्यक्रम तयार गनै लागेको बताए। नेपाल हस्पिटालिटी फाउण्डेसनका अध्यक्ष तथा सम्पादक महेशराज ढकालवाट प्रकाशित उक्त पत्रिकाको प्रवन्ध सम्पादकमा राजु भट्ट रहेका छन्। नेपाल हस्पिटालिटी फाउण्डेसनले विगत चार बर्षदेखि नेपालमा हस्पिटालिटी संवन्धी तालिम र कन्सल्टेन्सी संवन्धी सेवा प्रदान गरिदैआएको छ।

mahesh-dhakal-news-6यस सन्दर्भमा चौथो बर्ष प्रवेशको अवसरमा कृषि, ऊर्जा र पर्यटन विकासमा योगदान दिन यस संवन्धी मासिक पत्रिका प्रकाशन शुभारम्भ गरिएको पनि फाउण्डेसनका अध्यक्ष महेशराज ढकालले बताएका छन्। सोही अवसरमा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाई, नमूना कृषि गाउंका अभियन्ता तथा एक्जोन नेपालका अध्यक्ष शिव अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

mahesh-dhakal-news-3 mahesh-dhakal-news-4प्रकाशन मिति–२०७३ साल असोज १६ गते आइतवार ।

Similar Posts