मुस्ताङ। दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको पूजा आराधना गरेका छन्।

शनिबार बिहान हेलिकोप्टरमार्फत् काठमाडौंबाट मुस्ताङको मुक्तिनाथ आएका मोदीले करीब आधाघन्टा पूजा गरे ।

त्यसक्रममा उनले मुक्तिनाथमा रहेको १०८ धाराको पानी शीरमा सेचन पनि गरेका छन्।

मोदीले पर्यटकीय क्षेत्रको रुचिपूर्वक अवलोकनसमेत गरेका छन्। मुस्ताङको मोहक बाताबरणवाट मोदी दंग परेका थिए।


प्रकाशन मिति–२०७५ साल बैशाख २९ गते शनिवार ।