रात्रिसेवामा काम गर्ने महिलाहरुमा स्तन क्यान्सर जोखिम कम हुने

0 minutes, 0 seconds Read

brest-cancer-1लण्डन । चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रिसेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ।

ब्रिटिस हेल्थ एन्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्तरुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो। मेडिकल रिसर्च काउन्सिलले नेसनल क्यान्सर इन्स्टिच्यूटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ। अमेरिका, चीन, स्वीडेन र नेदरल्यान्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको हो।

brest-cancer-2

यस विषयमा यही नै सबैभन्दा ठूलो अनुसन्धान भएको अनुसन्धानकर्ताहरूले जनाएका छन्।‘हाम्रो अध्ययनबाट जो महिला लामो समयको रात्रिकालिन सेवामा काम गर्दछन्, त्यस्ता महिलाहरूमा स्तन क्यान्सरको सम्भावना कम हुने देखिएको छ’–अक्सफोर्ड विश्वविद्यालयको क्यान्सर इपिडिमियोलोजी इकाइका वैज्ञानिक तथा प्रमुख लेखक रुथ ट्राभिसले भने।

‘रात्रिसेवामा काम गर्ने र दिवासेवामा काम गर्ने महिलाहरुकाबीचमा तुलनात्मक अध्ययन गर्दा अध्ययनमा समावेश रात्रिसेवाका महिलामा स्तन क्यानसर निकै काम देखिएको वा देखिँदै नदेखिएको पाइयो’–एचएसइका प्रमुख वैज्ञानिक सल्लाहकार एन्ड्रेव कुरानले भने।
प्रकाशन मिति–२०७३ साल असोज २१ गते शुक्रबार ।

Similar Posts