काठमाडौ। नेपालमा रहेका बालबालिकाहरुमा अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको लिटिल प्रिन्स एण्ड प्रिन्सेस् नेपाल २०१७ को अडिसन संपन्न भएको छ।
शनिबार कुपन्डोलस्थित सनराइज क्याफेमा संपन्न भएको उक्त अडिसनमा ५५ जना विद्यार्थीहरु सहभागिता जनाएका थिए। जसमध्ये ३० जना छनौट भएको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कार्यकारी निर्देशक श्रीषा वैदार फैजुले बताएकी छन्।
नौ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहने यस प्रतियोगितामा उनीहरुको क्षमता अभिबृद्धीका लागि व्यक्तित्व विकास, क्याटवाक, रहनसहन, अभिनय, नृत्य, एङ्करिङ, स्टेज पर्फमेन्स जस्ता कुराहरु सिकाइने जानकारी पनि फैजुले दिएकी छन्। कार्यक्रममा फेसन डिजाइनर एनी तण्डुकारको फेसन डिजाइनिङ्ग, र कोरियोग्राफर राज फैजुको कोरियोग्राफी हुने भएको छ।