काठमाडौं। साना देखि ठूला विकास निर्माणका कार्य गर्न र गराउन पनि सरकार अलमलिरहेको वर्तमान अवस्थामा अग्रज पर्यटन पत्रकार तथा गन्तव्य नेपालका ग्रुपका अध्यक्ष शिव अधिकारी (अविरल)को पहल तथा विशेष उत्प्रेरणावाट नुवाकोटमा विकास निर्माण कार्य प्रारम्भ भएको छ।

अग्रज पर्यटन पत्रकार अधिकारी (अविरल)ले डोजर लगायतको सम्पूर्ण खर्च बेहोर्ने प्रतिबद्धता व्यक्त गरेपछि जेठ ३१ गतेवाट नुवाकोटको तार्केश्वर गाउँपालिका वडा नम्बर ५ गोर्स्याङको मच्चेखोला (संखादेबी) हल्लेफाट ग्रामीण कृषि सडक स्तरोन्नतिको काम शुरु भएको हो।

सडक स्तरोन्नतिको काम लामो समयदेखी रोकिदा स्थानीयले निकै सास्ती पाएको गुनासो पछि सो क्षेत्रको अबलोकन पश्चात् अधिकारीले पहल गरेपछि कार्य शुरु भएको हो।  सो सडक स्तरोन्नतिका लागि गाउँपालिका र वडा ५ कार्यालयले खासै चासो नदेखाएको स्थानीयको गुनासो छ।

गाउँपालिकाले यसका लागि ९ लाख बजेट बिनियोजन गरि बिनियोजित रकमलाई समिति बनाएर सम्झौता गर्न भनि अन्तमा सम्झौता नगरी आफ्नालाई जिम्मेवारी दिन खोजेको स्थानीयको आरोप छ।

विकासमा कार्यकर्ता पोस्ने र आफू मोटाउने जनप्रतिनिधिको सोचले गाउँ विकास कसरी सम्भब होला भन्ने प्रश्न खडा गरेको अवस्थामा अधिकारीको पहलकर्मी तथा सहयोगवाट विकास निर्माण संभव भएकोमा स्थानीय दंग देखिएका छन्।

अधिकारी पनि आफ्नो पहलकर्म तथा सानो सहयोगवाट आफ्नो गाउंमा विकासको उज्यालो आएवाट आफूलाई अत्यन्त खुशी लागेको प्रतिक्रिया व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।