न्यूयोर्क (अमेरिका)। कोरोनाभाइरस (कोभिड–१९) को महामारीको व्यापक चपेटामा परेको अमेरिकाको न्यूयोर्क शहरमा हामी नेपाली ग्लोबलले निःशुल्क खाना वितरण गरेर सहयोग गरेको छ।

न्यूयोर्कमा कोरोनाको व्यापक संक्रमण भएको र यसवाट अमेरिकामा रहेका नेपालीहरुलाई समस्या परेको तथ्यलाई मध्यनजर गरेर निःशुल्क खाना वितरण गरेर सहयोग गरेको हो।

नेपालीलाई मात्र वितरण गर्ने र गराउने भनिएतापनि मानवतालाई मध्यनजर गरेर न्यूयोर्कमा रहेका अमेरिकी तथा अन्य देशका वासिन्दाहरुले पनि लाभ प्राप्त गरेका छन्।

अमेरिकामा रहेका नेपाली तथा त्यहाँ रहेका विदेशीहरुले हामी नेपाली ग्लोबलले गरेको यसप्रकारको मानविय सहयोगलाई दिल खोलेर प्रशंशा गरेका छन्।

३ सय ८० जनालाई हाइजेनिक खाना वितरण गरिएको हो। खाना वितरण गर्ने कार्यमा हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामा लगायतका पदाधिकारीहरुको विशेष सहभागिता रहेको थियो। यसअघि पनि हामी नेपाली ग्लोबलले न्यूयोर्कमा स्वास्थ्य सामाग्री वितरण गरेर सहयोग गर्ने कार्य गरिसकेको छ।


प्रकाशन मिति–२०७७ साल असार २ गते मंगलवार ।