संस्थापक कुलपति धनिरामको निधनमा नेपाल खुला विश्वविद्यालयको शोकसभा

0 minutes, 0 seconds Read

काठमाडौं। ललितपुरको मानभवनस्थित नेपाल खुला विश्वविद्यालयले शोकसभा गरेको छ। विश्वविद्यालयको प्रांगनमा विश्वविद्यालयका संस्थापक कुलपति एवम् पूर्व शिक्षा मन्त्री स्वर्गवासी धनिराम पौडेलको तेह्रौं पून्य तिथिमा शोकसभाको आयोजना गरेको हो।

शोकसभामा विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा डा.लेखनाथ शर्माले स्व पौडेल शिक्षा मन्त्री हुँदा खेरी नेपाल खुला विश्वविद्यालयको विधेयक पास गर्ने देखि कार्यान्वयनमा समेत सकृय रुपमा लागिपरेको स्मरण गरे। स्व.पौडेल सरल र सादा जीवन व्यतित गर्ने व्यक्ति मन्त्रीबाट हटेपछि सानो टहरा निर्माणमा स्वयम काममा खतिरहेको अवस्थामा हृदयघाट भएर ५३ बर्षको उमेरमा निधन भएको हो।

खुला विश्वविद्यालयका कुल सचिव कमल ढकालले स्व पौडेलको संक्षिप्त परिचय दिएर संचालन गरेको उक्त शोकसभामा विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकाय, सामाजिक शास्त्र तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायका डीनहरु, पदपूर्ति समितिका पदाधिकारीहरु, प्राध्यापकहरु, सहप्राध्यापकहरु, कार्यक्रम संयोजकहरु तथा सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको जानकारी नेपाल खुला विश्वविद्यालयका बीबीएस कार्यक्रम संयोजक निर्मल बज्राचार्यले भिजन संसार डटकमलाई बताएका छन्।


प्रकाशन मिति–२०७६ साल असार ७ गते शनिवार ।

Similar Posts