काठमाडौं। नेपालका ख्यातिप्राप्त मेकअप आर्टिष्ट गंगा ज्यों श्रेष्ठ तथा जमुना ज्यों श्रेष्ठको आयोजनामा सफल सामाजिक कार्य भएको छ।

काठमाडौं महानगरपालिका वडा नंबर १६ नयाँबजार विष्णुमति पुलनेरको शिव मन्दिर परिसरमा असहाय, अनाथ तथा गरीबहरुका लागि निःशुल्क भोजन तथा कपडा वितरण गर्ने कार्य गंगा र जमुनावाट भएको हो।

करिब ५० भन्दा बढी असहाय, अनाथ तथा गरीबहरुलाई निःशुल्क भोजन तथा कपडा वितरण गर्ने कार्य आफूहरुले गरेको जानकारी गंगा–जमुनाले भिजन संसार डटकमलाई दिएका छन्।

विगत ६२ हप्तादेखि निरन्तर त्यस स्थानमा निःशुल्क भोजन वितरण गर्दैआएका स्थानीय समाज सेवी शाल्जे गुरुङको अगुवाईमा निःशुल्क भोजन तथा कपडा वितरण गर्ने कार्य भएको हो। जसमा गंगा–जमुनालाई दर्जनौ सौन्दयकर्मीहरुले पनि साथ दिएका थिए।


प्रकाशन मिति–२०७६ साल असार ७ गते शनिवार ।