काठमाडौं। नेपालको सुनचाँदी बजारमा आज विहीवार सुनको मूल्यमा प्रतितोला ७ सय रुपैयाँले कमी आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन हिजो बुधबारको तुलनामा ७ सयले कमी आएको छ।

आज ९६ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ। बुधबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको थियो। यस्तै तेजाबी सुनमा समेत प्रतितोला ७ सयले कमी आएको छ।

बुधबार प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज ९६ हजार रुपैयाँमा कारोवार भएको छ। यस्तै चाँदी प्रतितोला २० रुपैयाँले घटेर एक हजार ३४५ मा कारोवार भएको छ। बुधबार चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँ कारोवार भएको थियो।
प्रकाशन मिति–२०७७ भाद्र १८ गते विहीवार ।