हजुरआमाहरुकी आमा दिलशोभा आमा स्कुलका कितावमा–विद्यार्थीहरु अत्यन्त प्रेरित

0 minutes, 0 seconds Read

Dil Shova Shresthaकाठमाडौ। विशेष गरेर स्कुलका पाठ्यक्रमहरुमा कुनैपनि विषय तथा व्यक्ति विशेषका बारेमा प्रकाशित हुनु अवश्य पनि सामान्य कुरा होइन। विद्यार्थीहरुलाई तिनका बारेमा गहन जानकारी तथा प्रेरणा दिने शिक्षाका रुपमा लिइने गरेको छ। नेपालमा त्यस्ता कम व्यक्तिहरुको बारेमा स्कुलका नेपाली पाठ्यक्रमहरुमा प्रकाशित हुने गरेको पाइएको छ। यसैक्रममा नेपालमा हजुरआमाहरुकी पनि आमाको उपनाम पाएकी बृद्धाआमाहरुको सेवा गरेर अग्रस्थानमा पुगेकी प्रेरणादायी आमाघरकी आमा दिलशोभा श्रेष्ठका बारेमा स्कुलका पाठ्यक्रममा नेपाली विद्यार्थीहरुले पढ्न पाएका छन्।

Niruka With Dil Shova Ama 2दिलशोभा श्रेष्ठको दुःख, संघर्ष र कठिन सामाजिक कार्यका बारेमा ऐरावती प्रकाशनले प्रकाशित गरेको कक्षा ७ को मेरो प्यारो नेपाल नामक पाठ्यक्रममा प्रकाशित भएको छ। त्यसैगरेर, अंग्रेजी संस्करणको कक्षा ४ को पाठ्यक्रम शुभारम्भ प्रकाशनले प्रकाशित गरेको सोसियल स्टडिज एण्ड क्रियटिभ आर्टस्मा पनि पढ्न पाइन्छ। पाठ्यक्रममा नै यी दुई प्रकाशन गृहले ती कितावहरुमा प्रकाशन गरेपछि विभिन्न स्कुलका विद्यार्थीहरु माझ हाल दिलशोभा आमा चर्चाको विषय बनेकी छन्।

Niruka With Dil Shova Ama 3नेपाली मदर टेरेसा नै भन्न थालेकी दिलशोभा आमालाई कितावमा पढ्ने विद्यार्थीहरु दिलशोभा आमालाई प्रत्यक्ष भेट्न आमाघर जानेहरुको लर्को लाग्न थालेको पाइएको छ। कितावमा पढेको कुरालाई यथार्थमा दिलशोभा आमालाई देखेपछि र उनको समाज सेवालाई यथार्थ रुपमा देख्न पाउंदा विद्यार्थीहरुमा पनि थप प्रेरणा र उत्साह जागेको पाइएको ऐरावती प्रकाशन गृहका अध्यक्ष तथा कार्यकारी निर्देशक राम पाण्डेले बताएका छन्। दिलशोभा आमाको प्रेरणादायी यथार्थ कथा कितावमा समावेश भएयता कितावको गरिमा बढेको तथा कितावको विक्री पनि उच्च हुन थालेको पाण्डे भन्छन्। दिलशोभा आमा आफू स्कुलका विद्यार्थीहरुले पढ्ने कितावको विषय बन्न पुगेकोमा अत्यन्त खुशी बनेकी छन्।

Niruka With Dil Shova Ama 4आफूले सानो काम गरेको त्यति धेरै ठूलो विषय बन्ला भनेर सोच्दै नसोचेको बताउने दिलशोभा आमा आफू यतिखेर सवैको प्रेरणाको विषय बनेकोमा अत्यन्त खुशी देखिएकी छन्। विगत दुई दशक देखि अत्यन्त कठिन समस्या पार गरेर बृद्धा आमाहरुको सेवा गरेर आमाहरुकै लागि आफ्नो जीवन समर्पित गरेर लागिपरेकी दिलशोभा आमाको कालिमाटी, नखिपोट र गुर्जुधारा आमाघरमा सयौं आमाहरुले आश्रय पाएका छन्।

Dil Shova Shrestha.1

कसैको सहारा नपाएर बेसहारा बनेका ती आमाहरुको सेवा तथा स्याहार गर्नमा अहोरात्र खटिरहेकी हजुरआमाहरुकी आमा दिलशोभा श्रेष्ठ बाँचुञ्जेल आफू यसै सेवा तथा कर्ममा लाग्ने र सवैलाई यस कार्यमा लाग्न प्रेरित गर्ने गर्छिन्।

स्कुलका पाठ्यक्रममा दिलशोभा आमाको बारेमा प्रकाशित कितावहरु किनेर दिलशोभा आमालाई उपहार दिन पुगेकी शिक्षिका निर्मला श्रेष्ठ पनि आमाको प्रेरणादायी कार्यवाट आफू अत्यन्त प्रभावित बनेको प्रतिक्रिया दिएकी छन्।

उहाँजस्तो आमाको स्कुलको कितावमा पाठ्यक्रमकै रुपमा समावेश गरिनु सवै विद्यार्थीहरुको लागि प्रेरणादायी कार्य हो भनेर शिक्षिका श्रेष्ठले भनेकी छन्।

प्रकाशन मिति–२०७३ साल भदौ ११ गते शनिवार ।

Similar Posts