काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसंग बेलायती सेनाका पूर्व गोरखा सैनिक टोलीले भेटघाट गरेका छन्। शनिवार प्रधानमन्त्री दाहालको सरकारी निवास बालुवाटारमा आयोजित भेटवार्तामा पूर्व गोरखा सैनिकहरुले आफूहरुलाई बेलायती सरकारले विभेद गरेको कुरामा दाहाललाई जानकारी गराएका थिए।

Gorkhas Sainikविगत २५ बर्षदेखि यस संवन्धमा बेलायती सरकारसंग वार्ता गरिदैआएपनि कुनैपनि सुनवाई नभएकोले सरकारी तवरवाटै समाधान गरिदिन प्रधानमन्त्री दाहाललाई उनीहरुले भेटवार्तामा अनुरोध गरेको समाचार स्रोतले बताएको छ।

भेटवार्तामा पूर्व गोरखा सैनिक कृष्णवहादुर राईले बेलायती सेनामा एकै स्तरको पदमा बसेर काम गर्दा पनि बेलायतीलाई भन्दा नेपालीहरुलाई कम तलव दिइने गरेका लगायत कयन विभेद र असमानता रहेको बताएका छन्। यस अवस्थामा नेपाल समेत त्रिपक्षीय सन्धीअनुसार भर्ति गरिएका गोरखा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारवाटै पहल गरिनु पर्ने भनिएको छ।

प्रधानमन्त्री दाहालले पूर्व बेलायती सैनिकका माग जायज भएको र यो राष्ट्रकै विषय भएकोले यस बारेमा पहल गरिने आश्वासन दिएको पूर्व गोरखा सैनिकहरुले भनेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १२ गते आइतवार ।