काठमाडौ। काठमाडौको शोभाभगवती–चमती क्षेत्रमा बसोबास गर्ने स्थानिय महिलाहरुको सहभागितामा स्थापित चमती मिसा पुचःको आठौ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ।

Chamati Misa Pucha 1स्थानिय चमती क्षेत्रमा बसोबास गर्दैआएका महिला दिदीबहिनीहरुको बृति विकास कार्यमा अत्यन्त सहयोगी भूमिका निर्वाह गर्दैआएको चमती मिसा पुचःको नयाँ कार्य समितिमा जमुना ज्यों श्रेष्ठ अध्यक्षमा चयन भएकी छन्। विन्दु शाही उपाध्यक्ष, गंगा ज्यों श्रेष्ठ महासचिव, कमला डंगोल कोषाध्यक्ष, प्रतिमा महर्जन सह–कोषाध्यक्ष, विमला महर्जन सह–सचिव तथा सदस्यहरुमा शान्ता मानन्धर, रुद्रवती महर्जन र विमला कपाली चयन बनेका छन्।

Chamati Misa Pucha 2नव–निर्वाचित अध्यक्ष जमुना ज्यों श्रेष्ठले आफ्नो कार्यकालमा चमती मिसा पुचःमा आवद्ध महिला दिदीबहिनीहरुको सर्वाङ्गीन विकासका लागि विभिन्न कार्यक्रम गर्ने तथा उनीहरुलाई स्वरोजगार बनाउन आफ्नो प्रयत्न रहने बताएका छन्।

सीटीभीटीले हालै लिएको व्युटी पार्लरको परीक्षामा शतप्रतिशत पास गराउन सफल चमतीकै रिफ्रेस व्युटी क्योर एण्ड ट्रेनिङ्ग सेन्टरकी प्रवन्ध निर्देशक समेत रहेकी अध्यक्ष श्रेष्ठले हातमा सीपवान महिला दिदीबहिनी कहिले पनि पछि नपर्ने स्पष्ट पारेकी छन्।

त्यसका लागि आफ्नो संस्थाले महिला दिदीबहिनीहरुलाई सीपवान बनाएर रोजगारीको सिर्जना गर्ने श्रेष्ठले भनेकी छन्।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।