काठमाडौ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले राजधानीका स्कुलहरुमा बम राखेर आतंक मच्चाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाउन माग गरेको छ।

akhil-krantikari

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेद्धार हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ , ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ फोर्स नेपालको छद्मभेषी पर्चा छरेर घटाइएको यसप्रकारको अपराधिक र कायरतापूर्ण घटनाको हाम्रो संगठन अखि ल (क्रान्तिकारी ) घोर भत्सर्ना गर्दछ।

akhil_krantikari_press_relese

कलिला अबोध बालबालिका पढ्ने विद्यायलमा गरिने यस्ता हर्कत कुनै पनि माने र मूल्यमा ग्रहय हुन नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थी आन्दोलनमा अहिलेसम्म नदेखिएको यो छद्मभेषी संगठनको नाममा आतंक मच्चाउने तत्वलाई तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याएर विद्यालय तहका आम विद्यार्थी र अभिभावकलाई आश्वस्त पार्न सरकारसमक्ष जोडदार माग गर्दछौं।’
प्रकाशन मिति–२०७३ साल असोज ४ गते मंगलवार ।