पोखरा । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले लेखापरीक्षकहरुको संविधान कार्यान्वयनको क्रममा घोषित स्थानीय निर्वाचनको स्वागत गर्दै निर्वाचनको वातावरण निर्माण गर्न मांग गरेको छ।

Adan 2

आइतवार पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको समापनको क्रममा ११ सूत्रीय पोखरा घोषणापत्र जारी गर्दै उक्त मांग गरिएको हो। घोषणा पत्रमा संविधान कार्यान्वयन र निर्वाचनहरुलाई केन्द्रविन्दुमा राखी विद्यमान असन्तुष्टिहरुलाई हल गर्दै १९ वर्षपछि घोषित स्थानीय निर्वाचनलाई निष्पक्ष, भयरहित र अधिकतम सहभागिता सुनिश्चित गर्न नेपाल सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुसंग जोडदार मांग गरिएको छ।

वैठकले पूंजीगत खर्चमा देखिएको चरम उदासिनता, बढदो व्यापार असन्तुलन र घटदो रेमिट्यान्स लगायतका कारणहरुले नेपाली वित्तिय बजारमा तरलताको बढदो समस्याप्रति चिन्ता व्यक्त गर्दै बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप र लगानी देखिएको नकारात्मक असरहरुको समाधान गरी वित्तिय बजारलाई सामान्य बनाउन नेपाल सरकार र सम्वद्ध निकायसंग मांग गरेको छ।

अडान अध्यक्ष मोहनराज रेग्मीको अध्यक्षतामा सम्पन्न वैठकले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) ले २०७४ श्रावणबाट लागु गर्न लागेको एक व्यक्ति एक पेशा नीति पर्याप्त जनशक्तिको अभावका कारण स्थानीय तहमा संस्थागत सुशासनमा समस्या देखिने र अर्थतन्त्रमा समेत प्रतिकुल असर पार्ने अवस्था रहेकोले उक्त नीतिलाई २०८० सम्मका लागि पर सार्न पनि वैठकले मांग गरेको छ । साथै स्नातक वा स्नातकोत्तर गरेका आरएहरुलाई अन्तिम तह (CAP III) समेतमा विषयछुटको व्यवस्था गर्नुका साथै पेशागत प्रमाणपत्र स्थगन र प्रशिक्षार्थी तालीमको व्यवस्था हटाउन वैठकले मांग गरेको छ।

अडानले “आफनो जग्गा, आफनै भवन र आफनै अडान” भावना अनुसार घडेरी र कार्यालय भवनको व्यवस्थाको लागि केन्द्रीय पदाधिकारीहरुबाट करीव ४० लाख रुपैया आर्थिक सहयोगको प्रतिवद्धता प्राप्त भएको र स्रोत व्यवस्था गरी १ करोड पचास लाखमा उपयुक्त घडेरी र भवन व्यवस्था गर्न केन्द्रीय सचिवालय र भवन निर्माण समितिलाई म्याण्डेट दिएको छ।

Adan 1वैठकले महासचिव डिपी दाहालको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केशवराज आचार्यद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सुझावहरुसहित पारीत गरेको छ । संगठन सुदृढीकरण र स्थानीय समस्याहरु समाधानका लागि केन्द्रीय उपाध्यक्षहरुको संयोजकत्वमा अडान प्रदेश कार्यदल गठन गरेको छ । प्रदेश नं. १ मा प्रकाशनारायण चौधरी, २ मा बद्री भट्टराई, ३ मा केदारनाथ पौडेल, उपत्यकामा दिनकरमान सिंह प्रधान, ४ मा केशबहादुर केसी, ५ मा अव्दुल करिम खां, ६ मा हिमालय खत्री र ७ मा कर्णबहादुर खडायत रहेका छन् ।
प्रकाशन मिति–२०७३ साल फागुन २२ गते आइतवार ।