काठमाडौ। पचासभन्दा बढी अनाथ बालबालिका तथा बृद्ध–बृद्धाहरुको लागि सहयोग भएको छ।

काठमाडौको श्रीप्रभात माध्यमिक विद्यालय एसएलसी २०४५ समूहमा आवद्ध १७ जना भूपू विद्यार्थीहरुले सहयोग गरेको हो।

काठमाडौको गोगंबुँ स्थित टाउन प्लानिङमा रहेको मानव सेवा आश्रममा रहेका बालबालिका तथा बृद्ध–बृद्धाहरुलाई सहयोग गरेका हुन्।

व्यक्तिगत रुपमा मनकारी साथीहरुवाट संकलित रकमवाट त्यहाँ रहेका बालबालिका तथा बृद्ध–बृद्धाहरुका लागि फलफूल, विस्कुट, ट्वाइलेट क्लिनर लगायतका विविध सामाग्री हस्तान्तरण गरिएको समूहका डेविड श्रेष्ठ, राजु स्थापित, संगीता श्रेष्ठ लगायतले बताएका छन्।

यसप्रकारका सहयोग कार्यक्रम बेला–बखत गरिदैआएको पनि उनीहरुले भनेका छन्।
प्रकाशन मिति–२०७५ साल असार ११ गते सोमवार ।