काठमाडौ। बंगलादेशको ढाकामा आयोजित अन्तरराष्ट्रिय बंगबन्धु गोल्डकप जितेर फर्केको नेपाली राष्ट्रिय फुटबल टीमको भव्य स्वागत भएको छ।

Nepal Champion 2नगद ५० हजार अमेरिकी डलर पुरस्कार रहेको उक्त अन्तरराष्ट्रिय गोल्डकप जितेर नेपाल फर्केको टीमलाई सर्वसाधारण देखि नातागोता तथा खेलाडीहरुले काठमाडौ स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालासम्म स्वागत गरेर उनीहरुलाई सम्मान प्रदान गरेका थिए।

नेपालको फुटबलको इतिहासमा २३ बर्षपछि पाएको अन्तराष्ट्रिय सफलतावाट अन्तराष्ट्रिय जगतमा नेपालको पहिचान तथा गौरबलाई बढाएको छ। नेपालको पहिचान तथा गौरबलाई अभिबृद्धि गर्ने नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्।

उनीहरुलाई राष्ट्रिय सम्मानका साथ जनही नगद पाँच लाखवाट पुरस्कृत गरिने भएको छ।

प्रकाशन मिति–२०७२ साल माघ ९ गते शनिवार