ललितपुर। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको छ। शुक्रवार ललितपुर महानगरपालिकाको प्रांगणमा अपाङ्गता भएका महिलाहरुको सवाल विषयमा अन्तरक्रिया भएको हो।

ललितपुर महानगरपालिका, स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरको आयोजना र फेज नेपालको सयोगमा सम्पन्न भएको अन्तरक्रियामा सवैजसो सहभागीहरुले खुलेर आफ्ना र आफूजस्ता अपाङ्गता भएका ब्यक्तिहरुको समस्या र त्यसको समाधानका वारेमा अवधारणा राखेका थिए।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रियामा आफना कुरा राख्ने क्रममा सहभागीहरुले अपाङ्गता भएका ब्यक्तिहरुलाई घर–परिवार देखिनै सहज र सहयोगी ब्यबहार हुनुपर्ने, राज्यले शिक्षा, तालिम,स्वास्थ्य सामग्री, सीप लगायतको सहता ब्यवस्था हुनुपर्ने माग र अनुरोध गर्ने कार्य भएको थियो।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले महानगरलाई आफू निर्वाचित भएर आएपछि अपाङ्गतामैत्री बनाएको बताए। उनले भने, ‘ ह्वीलचियर नेपालमै बनाउने सन्दर्भमा महावीर पुनसँग भएको कुरालाई अघि बढाउँछौ ।’

ललितपुर महानगर महिला विकास शाखाकी प्रमुख महेश्वरी विष्टले अपाङ्गता भएका महिलाले भोग्ने समस्या अन्य विशेष भएको बताइन् । ललितपुर महानगरपालिका अपाङ्गता भएका, महिला, बालबालिकाको क्षेत्रमा महानगर संवेदनशील भएको उनले बताइन्।

स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपछि ललितपुर महानगरमा अपाङ्गतामैत्री संरचना निर्माण भएको बताउँदै महानगरप्रमुख अपाङ्गता भएकाको समस्याप्रति संवेदनशील भएको उल्लेख गरे।

प्रकाशन मिति–२०७८ साल फागुन २१ गते शनिवार ।