ललितपुर। बर्षभरि मरेर काम गर्ने र त्यो काम गरेवापत त्यसमा रिफ्रेसमेन्ट पनि पाउनु पर्दछ। त्यो रिफ्रेसमेन्टले बर्षभरिको थकान मेट्ने तथा कामको क्षमता विकास पनि हुने गर्दछ। जनताको जनस्वास्थ्यमा बर्षभरि घामपानी नभनिकन खट्ने स्वास्थ्य स्वयंसेवीहरुलाई ललितपुर महानगरपालिका वडा नंबर ५ ले रिफ्रेसमेन्ट गराउने कार्य भएको छ।

तीनदिने अवलोकन भ्रमण तथा क्षमता विकास कार्यक्रम अन्तर्गत गोरखाको मनकामना, कास्कीको पोखरा तथा घान्द्रुकको रमणिय पर्यटन स्थलमा लगेर रिफ्रेसमेन्ट दिने कार्य भएको हो। एकातिर बर्षभरिको रिफ्रेसमेन्ट तथा अर्कोतिर सिक्ने–सिकाइ कार्यक्रम पनि भएको तीनदिने अवलोकन भ्रमण तथा क्षमता विकास कार्यक्रममा अगुवा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्।

मनकामना, पोखरा तथा घान्द्रुकको तीनदिने अवलोकन भ्रमण कार्यक्रममा २४ जना स्वास्थ्य स्वयंसेवीहरुले त्यहाँको अवलोकन भ्रमण मात्र नगरिकन त्यहाँ भए–गरेका स्वास्थ्य गतिविधिलाई पनि मज्जाले हेरेर धेरै कुरा सिक्ने र सिकाउने कार्य पनि भएको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्।

तीनदिने भ्रमण कार्यक्रम सकाएर ललितपुर फर्किसकेका वडा अध्यक्ष श्रेष्ठले पोखराको प्याराग्लाइडिङ अत्यन्त रोमाञ्चक तथा अभूतपूर्व नै लागेको र यसले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको पनि प्रतिक्रिया व्यक्त गरेका छन्।

यसप्रकारका भ्रमणहरु आफूहरु जननिर्वाचित भएर आएयता ज्येष्ठ नागरिक, महिला समूह, युवा–बालबालिका विभिन्न समूहहरुलाई क्षमता विकास कार्यक्रम अन्तर्गत रिफ्रेसमेन्ट गर्ने–गराउने कार्य गर्दैआएको तथा यो बर्ष स्वास्थ्य स्वयंसेवीहरुलाई रिफ्रेसमेन्ट गराएर उनीहरुको क्षमता विकास गराउने कार्य भएको र भ्रमण अत्यन्त उपलव्धीमूलक भएको पनि वडा अध्यक्ष श्रेष्ठको दावी रहेको छ।
प्रकाशन मिति–२०७८ साल फागुन २१ गते शनिवार ।