ललितपुर । ११२ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा महिला जनप्रतिनिधिहरुको बहुमत रहेको ललितपुर महानगपालिका वडा नंबर ५ का महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ। लगनखेल स्थित क्याम्पियन स्कुलले ललितपुर महानगरपालिका वडा नंबर ५ का महिला जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो।

सम्मानित हुने महिला जनप्रतिनिधिहरुमा लोकप्रिय तथा जनप्रिय वडा सदस्यहरु शोभादेवी प्रधान, पूनम निरौला र मञ्जु रिजाल छन्। ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको क्याम्पियन सम्मान कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले ललितपुर महानगरमा नै वडा नंबर ५ मा महिलाको बहुमत भएको एकमात्र वडा भएको जिकिर गर्दै अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा यसप्रकारको सम्मानले महिला जनप्रतिनिधिहरुको सही सम्मान भएको र मनोबल बृद्धि गर्नमा महत्वपूर्ण सहयोग गरेको बताएका छन्।

कार्यक्रममा Miss World Nepal 2020 नम्रता श्रेष्ठ, बरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.लक्ष्मी आचार्य गौतम, आयोजक क्याम्पियन स्कुलका सहप्राचार्य सुनिल प्रधान, क्याम्पियन स्कुल व्यवस्थापन समितिका अध्यक्ष जल्पा प्रधान, सीजी प्रमुख गर्ली अग्रवाल, भुषण चन्द सेन लगायतकाको विशेष आतिथ्यता रहेको थियो।

प्रकाशन मिति–२०७८ साल फागुन २५ गते बुधवार ।