काठमाडौ। ललितपुर उद्योग वाणिज्य संघको ५० औं स्थापना दिवस तथा स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय ललित व्यापार मेलामा एक सयको निकल मेटल र एक हजारको चाँदीको स्मारिका सिक्का निष्कासन गरिएको छ।

बिहिवार पाटन संग्रहालय परिसरमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल र विशेष अतिथि बाङ्गमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीले संघले निष्कासन गरेको सो सिक्काहरुको सामूहिक अनावरण गरेका हुन।

कार्यक्रममा संघका समाज सेवा समिति संयोजक एवं सिक्का निष्कासनका संयोजक भूमीनन्दन कर्माचार्यले २ वर्षको निरन्तर प्रयासपश्चात स्वर्ण महोत्सवको अवसरमा मुद्रा निष्कासन गर्ने सुअवसर जुरेको बताए । दुबै सिक्काहरुमा ब्यापारीहरुको आराध्यदेव भिमसेन मन्दिरप्रतिको आस्था र मंगः हिटीको चित्रण वरिष्ठ कलाकार वत्सगोपाल बैद्यबाट गरिएको जानकारी दिए।

प्रकाशन मिति–२०७४ साल चैत्र २ गते शुक्रबार ।