काठमाडौ। युएस–बंगला एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका २३ जना बंगलादेशी नागरिकको शव सोमबार बंगलादेश लगिएको छ। उनीहरुको शव बंगलादेश एअरफोर्सकोमार्फत् ढाका लगिएको हो।

विमान दुर्घटनामा २६ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो। तीमध्ये तीनजनाको शव अझै पहिचान भएको छैन्। शवहरुलाई बंगलादेशको सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ। श्रद्धाञ्जलि समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने बंगलादेशी सन्चारमाध्यमले जनाएका छन्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सो विमान दुर्घटनामा परी घाइते भएका १० बंगलादेशीमध्ये दुईजनालाई उपचारका लागि सिंगापुर लगिएको छ। ६ जनाको उपचार ढाका मेडिकल कलेज अस्पतालमा भइरहेको छ भने एकजनालाई भारतको नयाँदिल्ली लगिएको जनाइएको छ।

प्रकाशन मिति–२०७४ साल चैत्र ५ गते सोमवार ।