मेक्सिको। उडिरहेको विमानमा यौनजन्य कार्य गर्ने एक जोडीमाथि कानूनी कारवाही भएको छ। हालै गेटविक विमानस्थलबाट मेक्सिकोका लागि उडान भरेको भर्जिन एटलान्टिक विमानमा आपत्तिजनक अवस्थामा एक जोडीलाई नियन्त्रणमा लिइएको थियो। ती जोडीको परिचय भने खुलाइएको छैन्।

समाचार अनुसार ती जोडीबीच उडानकै क्रममा परिचय भएको हो। शुरुमा चुम्बन गरेर एक अर्कासँग नजिकिएका उनीहरु केहीबेरमै एक साथ विमानको शौचालयमा गएपछि अन्य यात्रुले शंका लागेर चालक दलका सदस्यलाई जानकारी दिएका थिए। चालक दलका तीन सदस्यले शौचालयको ढोका ढक्ढक्याएपछि उनीहरु दुवैलाई आपत्तिजनक यौनजन्य कार्यमा व्यस्त भएको अवस्थामा फेला पारिएको बताइएको छ।

भर्जिन एटलान्टिक विमानले ती महिलालाई सदाका लागि आफ्नो विमानमा उडान गर्न रोक लगाएको छ। ती महिलाले मदिरापान गरेको पाइएको पनि अधिकारीहरुले जनाएका छन्। एक यात्रीका अनुसार ती महिलाले सुरुमा अन्य पुरुषसँगसमेत कुराकानी गरेकी थिइन्। तर पछि ती पुरुषसँग चुम्बन गरी केहीबेरमा शौचालय गएकी थिइन्। ती पुरुष पनि उनको पछिपछि गएको बताइएको छ।

चालक दलका सदस्यले ढोका खोल्न लगाएपछि शौचालयबाट बाहिरि निस्कने क्रममा पुरुषले ती महिला बिरामी रहेको बताएका थिए। तर एकापसमा अपरिचित रहेका दुवैजना किन र कसरी एकसाथ शौचालयभित्र बसेको भन्ने चालक दलका सदस्यको प्रश्नमा उनी अनुत्तरित बनेका थिए ।

(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र ५ गते सोमवार ।