काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा मंगलवार भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६८ जना घाइते भएका छन्। तालिवानी विद्रोहीले विस्फोट गराएको आशंका गरिएको छ।


विस्फोटपछि सम्भावित तालिवान विद्रोही एक निर्माणाधीन भवनमा छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै टोलो समाचार समितिले जनाएको छ। सुरुमा विद्रोहीहरुले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले बताएका छन् ।

निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ।
घाइतेमध्ये कयौंको अवस्था चिन्ताजनक भएको र मृतकको संख्या बढ्न सक्ने पनि आशंका गरिएको छ ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७६ साल असार १७ गते मंगलवार ।