Byakula Pathak Sammanit 2अमेरिका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले साहित्य, पत्रकारिता र संगीतमा क्रियाशील चार स्रष्टालाई विशेष समारोहमा सम्मान गरेको छ। अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नेपालबाट निम्त्याइएका वरिष्ठ साहित्यकार तथा हट नेपाल मासिकका प्रधान सम्पादक व्याकुल पाठकलाई साहित्य र पत्रकारितामा अढाई दशकभन्दा लामो क्रियाशीलताको कदर गर्दै विशेष सम्मान प्रदान गरेका छन्।

Byakula Pathak Sammanit 1कार्यक्रममा कोलोराडोलाई कर्मथलो बनाएर कार्यरत वरिष्ठ गायिका निर्मला श्रेष्ठ, वरिष्ठ साहित्यकार प्रमिला शर्मा र पत्रकार नातिबाबु भट्टलाई पनि सम्मान गरिएको छ। सम्मानित स्रष्टाबारे फरक फरक समीक्षकले प्रकाश पारेका थिए । पत्रकार पाठकबारे ज्ञानेन्द्र गदाल, श्रेष्ठबारे गौतमसागर राई, शर्माबारे यशोदा भट्ट र भट्टबारे भूपेन्द्र महतले प्रकाश पारेका थिए।

Byakula Pathak Sammanit 3अनेसासका केन्द्रीय अध्यक्ष विश्वकर्माले कोलोराडो शाखाले साहित्य, पत्रकारिता, संगीत क्षेत्रका सक्रिय र उत्कृष्ट स्रष्टाको पहिचान र छनौट गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे। उनले कोलोरोडो शाखाको सक्रियताको प्रशंसा पनि गर्न चुकेनन्। अनेसास कोलोराडो शाखाका अध्यक्ष कृष्णमुरारी ढुंगेलले विदेशमा रहेर नेपाली साहित्य, कला, संस्कृतिको जगेर्ना, प्रवद्र्धन र प्रचारको कामलाई निरन्तरता दिने र उत्कृष्ट स्रष्टाको पहिचान गरी पुरस्कार एवं सम्मान दिने काम पनि जारी राख्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

Byakula Pathak Sammanit 4अनेसास कोलोराडो शाखाका वरिष्ठ सदस्य श्याम श्रेष्ठले आमन्त्रितहरूलाई स्वागत गर्दै व्यस्तताका बीच समय निकालेर ठूलो संख्यामा उपस्थितिका लागि धन्यवाद ज्ञापन गरेका थिए । शाखाकी सदस्य धन पौडेलले कामको जति व्यस्तता भए पनि नेपाली पहिचान कायम राख्न आफूहरू कहिल्यै पछि नपर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नर्थ ग्लेन चर्चको हलमा आयोजित कार्यक्रममा ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो। सम्मानित स्रष्टा व्याकुल पाठकले विदेशमा रहेर अति व्यस्तताको बाबजुद नेपालीको पहिचानलाई बचाइराख्नु र प्रचार गर्नु अवैतनिक राजदूतले गरे सरहको काम हो भन्ने प्रतिक्रिया व्यक्त गरे।

अमेरिकामा नेपाली पहिचान कायम गरिरहेकाले यता कर्मथलो बनाएका नेपालीहरूलाई पलायन भएको भन्न नमिल्ने तर्क पाठकको रहेको छ। आकाश राईले राईहरूको साकेला नाचबारे चर्चा गर्नुभएको कार्यक्रममा डा. विजयराज शर्मा, निर्मल प्याकुरेल, हरि अधिकारी, वासु खनाल, भूपेन्द्र महत, श्वेता वाग्ले तथा समीर आचार्यले कविता वाचन गरेका थिए।

Byakula Pathak Sammanit 5प्रकाशन मिति–२०७४ साल जेष्ठ १ गते सोमवार ।