–रबिन पिया
अस्टिन,टेक्सास,अमेरिका । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा
ग्रेटर अस्टिन नेपाली सोसाइटीले राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन सम्वन्धी आदेशबाट सिर्जना भएको अन्यौललाई प्रष्ट पार्ने एवं आवश्यक सजगता र सहयोगका बारे बिशेष अन्तरक्रिया कार्यक्रम लगयात क़ानूनी परामर्श र छलफल कार्यक्रम आइतबार सम्पन्न गरेको छ।

Austin News 1

कार्यक्रमको विशेष अतिथिमा वरिष्ठ कानुनविद खगेन्द्र जीसी, अस्टिन सहरका न्यायाधिस जर्ज सी थोमस का साथै एनआरएन अध्यक्ष केशव पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। हाल अमेरिकाको नयाँ नियम क़ानून र परिस्थिति बदलिएको हुनाले कुन बेला के हुन्छ कस्तो परिस्थिति आउँछ भन्न नसकिने अवस्थामा सबै सतर्क रहनु पर्ने सल्लाह वक्ताहरुले दिएका छन्।

नियम तथा क़ानून फेरबदल भैरहेको परिस्थितिमा यदि गल्ती भएर पक्राउ परेमा आफन्तलाई फोन सम्पर्क गरि क़ानूनी परामर्श लिई अदालती प्रकृयाबाट अगाडि बढाउन सकिने कुरा न्यायधिश जर्ज सी थोमसले सल्लाह दिए।

नयाँ राष्ट्रपति र नियम कानुन फेरबदलको प्रकृयाले उब्जाएको त्रासदीमा नेपालीहरूलाई त्यत्ति डर नभएपनि सतर्कता अपनाउन वरिष्ठ कानूनविद खगेन्द्र जीसीको सुझाव रहेको छ।

एनआरएन अमेरिका नेपालीहरूको हकहित र अधिकारको लागि सधैं लड्न तयार रहेको एनआरएन अध्यक्ष केशव पौडेलले सोही कार्यक्रममा बताए। कार्यक्रमको संचालन महासचिव सुदीप दाहालले गरेका थिए भने स्वागत मन्तव्य किर्तना बाँस्कोटाले गरेकी थिइन्।

ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो। सोसाइटीको दोस्रो अधिवेशनको यो पहिलो कार्यक्रम प्रशंसनीय र सह्रानिय रहेको कार्यक्रममा सहभागीहरुले बताए।

Austin News 2प्रकाशन मिति–२०७३ साल फागुन ११ गते बुधवार ।