ललितपुर। बडादशैंको महानवमीको दिनदेखि परेको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका वडा नंबर ५ को शान तथा गौरब महालक्ष्मीस्थान मन्दिर परिसरमा रहेको पिपलको रुख ढलेको छ। बडादशैंको एघारौ दिन अर्थात एकादशीको दिन विहीवार दिउंसो ३ः३० बजे र राति ९ बजे महालक्ष्मीस्थान मन्दिर परिसरको रुख ढलेको हो।

रुख ढल्दा मन्दिर नजिकैका दुई घरमा सामान्य क्षति भएतापनि कुनै मानवीय क्षति नभएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वताएका छन्। वडा अध्यक्ष श्रेष्ठका अनुसार, रुख ढलेपछि स्थलगत निरीक्षणका लागि प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य घटनास्थलमा पुगेका थिए। साथै, ढलेको रुख व्यवस्थापनका लागि राजदल, सशस्त्र र नगर प्रहरी बल ललितपुरको टोली खटिएका हुन् ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सीताराम हाछेथुको कमाण्डमा नगर प्रहरीको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाका टोलीले रुखलाई व्यवस्थापन गरेको जानकारी पनि वडा अध्यक्ष श्रेष्ठले दिएका छन्। यस व्यवस्थापन कार्यमा सहयोग गर्ने सवैलाई वडा अध्यक्ष श्रेष्ठले धन्यवाद व्यक्त गरेका छन्।


प्रकाशन मिति–२०७९ साल असोज २१ गते शुक्रवार ।