काठमाडौं। आज असार १५ गते रोपाई गरेर दही–चिउरा खाने दिन भएको कारण देशभर रोपाई मेला नै चल्यो। अझ घर–घरमा दही–चिउरा खाएर रमाइलो दही–चिउरा उत्सव नै भएको छ। अझ विसं.२०६२ साल असार १५ गतेदेखि नेपालमा प्रत्येक बर्षको असार १५ गतेका दिन अन्तरराष्ट्रिय धान दिवस मनाउने कार्य हुंदैआएको छ। सोही अनुरुप सरकारले नै अन्तरराष्ट्रिय धान दिवसका रुपमा देशभर नै मनाउने कार्य आज असार १५ गते पनि भएको हो।

असार १५ मा मानो रोपेर मंसीरमा मुरी फलाउने भएको कारण पनि असार १५ महत्वपूर्ण रहेको छ। पश्मिना व्यवसायी रविना श्रेष्ठदेखि अभिनेत्री रुक्साना महर्जनसम्मले पनि असार १५ को रोपाईमा रमेर रोपाई गरेको भनेका छन्।

लेखक त्रिचन्द्र श्रेष्ठ प्रतीक्षाका अनुसार, विश्वका १ सय १४ मुलुकमा धान उत्पादन हुन्छ। सबैभन्दा बढी धान उत्पादन गर्ने मुलुक चीन हो भने त्यसपछि क्रमशः भारत, इन्डोनेशिया, बङ्गलादेश, भियतनाम, थाइल्याण्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल तथा जापान छन् । विश्वको जनसंख्याको आधा अर्थात् साढे ३ अर्ब मानिसको मुख्य खाना चामल हो भने ९० प्रतिशत धान एसियामा उत्पादन हुन्छ।


कृषि विभागका अनुसार नेपालमा करिब १५ लाख ५२ हजार हेक्टर जमिनमा धान खेती भैरहेको छ। संसारकै सबैभन्दा उच्च स्थानमा धानखेती हुने नेपालको जुम्ला जिल्लाको छुमचौर हो जहाँ जुम्ली मार्सी जातको धानखेती लगाइन्छ।
प्रकाशन मिति–२०७६ साल असार १५ गते आइतवार ।