काठमाडौं। आज मे १ तारिख, अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस। आज १ सय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर एकसाथ मनाउने कार्य भैरहेको छ। मे दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तरक्रिया, चेतनामूलक र्‍याली जस्ता कार्यक्रम आयोजना गरेका छन्।

सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरन्जन र आठ घन्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने कार्य हुंदैआएको छ।

सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो। त्यस यता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस अर्थात मे दिवस मनाउन थालिएको हो ।

नेपालमा भने, पूर्वी नेपालको विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो।
प्रकाशन मिति–२०७६ साल बैशाख १८ गते बुधवार ।