forign-work-1काठमाडौ। आज डिसेम्वर १८ को दिन विश्वभर मनाइने अन्तरराष्ट्रिय आप्रवासन दिवस परेको छ। सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरुका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो।

सोही दिनको सम्झनामा हरेक बर्ष डिसेम्बर १८ लाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रुपमा मनाउन थालिएको हो। नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले आप्रवासी श्रमिकको अधिकार सुनिश्चतताका लागि वकालत गर्दै सरकारको ध्यानाकर्षण गराउने गरेका छन्।

forign-work-2

नेपालमा प्रत्येक दिन करीब १७ सयको हाराहारीमा नेपाली कामका लागि विदेशिने गरेको सरकारी तथ्यांक छ। जसअनुसार ३० लाखभन्दा बढि नेपाली अहिले रोजगारीका लागि विदेशमा रहेको मानिन्छ। तर योभन्दा निकै ठूलो संख्यामा नेपालीहरु कामका लागि विदेशमा रहेको अनुमान गरिन्छ।

श्रमका लागि नेपाली जानेमा खाडी मुलुकहरु, मलेशिया, दक्षिण कोरिया, पूर्वी अमेरिकालगायत पर्दछ। खाडी, मलेशिया जस्ता मुलुकमा भने नेपालीलाई निकै जोखिमयुक्त श्रममा लगाइन्छ भने श्रमका लागि जाने नेपालीहरु शोषणमा पनि उत्तिकै पर्ने गरेका छन्।

forign-work-3

आप्रवासी कामदारले भित्र्याएको रेमिट्यान्सले ने मुलुकको अर्थतन्त्र थेगिएको भएपनि सरकारले पनि सुरक्षित र स्वाभीमानयुक्त श्रमका लागि भनेजत्ति काम नगरेको गुनासो बढिरहेको छ। रोजगारदाताबाट कामदारले पारिश्रमिक नपाउने या समयमा नपाउने, सामान्य स्वास्थ्य उपचार पनि नदिइने, तोकिएको काम र कार्यक्षेत्रभन्दा अन्यत्रै काम गर्नुपर्ने, पारिवारिक सम्पर्क गर्न रोक लगाउने र बेचबिखनमा पर्ने जस्ता ठूला मानवीय समस्या यस क्षेत्रमा देखिएका मूख्य चुनौति हुन्।
प्रकाशन मिति–२०७३ साल पुष ३ गते आइतवार ।