Adobe ImageReady

काठमाडौ। नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले आज सोमवार ग्याल्पो ल्होसार पर्व परेको छ। यस पर्वको अवसरमा शेर्पा जातिले धुमधामसँग मनाउने कार्य भैरहेको छ।

भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ। जसअनुसार हिजो बाँदर वर्ष पूरा भई आजदेखि चरा वर्ष लागेको छ।

आजैदेखि १५ दिनसम्म बुद्धले ऋद्धि शक्तिमाथि विजयी प्राप्त गरेको सम्झनामा विशेष कार्यक्रम गरी मनाइन्छ । यस अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रकाशन मिति–२०७३ साल फागुन १६ गते सोमवार ।