Naw Raj Bimochan 3काठमाडौ। महाशिवरात्रीको पावन अवसरमा आत्मा बोलाउने गुरुका नामवाट अत्यन्त चर्चित नवराज गुरुको लेखन रहेको ओम शिव शक्ति नामक कितावको विमोचन भएको छ।

गुरु नवराजको कलंकी मन्दिर अगाडिको पिनाकल गल्ली स्थित ओम शिव शक्ति सत्तिदेवी आश्रममा आयोजित कार्यक्रममा नेपालका बरिष्ठ अभिनेता रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा उक्त धार्मिक कितावको विमोचन भएको हो।

Naw Raj Bimochan 1नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी लगायतका व्यक्ति–विशेषहरुको पनि आतिथ्यता रहेको कार्यक्रममा नवराज गुरुले नेपाल र नेपालीको शान्तिको कामना सहित महाशिवरात्रीको अवसरमा आफ्नाृ कितावको विमोचन गर्नुको अलावा धर्तीपूजा समेत गरेको बताए।

गुरु नवराजले नेपालको ग्रह–दशा विग्रेकै कारण विभिन्न विपत्तिहरु आइरहेको उल्लेख गर्दै त्यस विपत्तिहरुवाट बच्न र बचाउन स्वयम् नेपालीहरु नै सतर्क बन्नु पर्ने राय व्यक्त गरेका छन्। विमोचित कितावको सम्पादन चलचित्रकर्मी हरि उदासीले गरेका हुन्। गौरी पब्लिक रिलेसन एन पब्लिकेशनले कितावको प्रकाशन गरेको छ।

Naw Raj Bimochan 2प्रकाशन मिति–२०७३ साल फागुन १४ गते शनिवार ।