–एञ्जिला विष्ट


ममताकी खानी दयाकी धनी
कोकिल कण्ठ स्वरले स्वागत गर्ने
निस्वार्थ माया दिने प्यारी आमा ।            
हृदयको सितल छाहारीमा बास दिने
भोकले निशासीदा मायाका
हातले सुमसुमाउदै मुस्कानको
बिजारोप गरी पेट भरिदिने तिमी नै हो
आमा तिमी ।
तिर्खाले ब्याकुल हुदा
प्यास मेटाई दिने तिमी नै हो
आमा तिमी ।
गर्भको पिडा प्रसब छट्पटी खपेर
धैर्यताका बाध फुटाउदै जन्म दिने तिमी नै हो
आमा तिमी ।
सन्तानको खुशीको लागि
आफ्नो छाती खेल मैदान बनाउने
पिठ्युँमा बोकी घास काटी हुर्काउन तिमी नै हो
आमा तिमी ।
झरी झै आखा रसाउदा                                    
पुछी दिने हात तिम्रो नै हो
आमा तिम्रो नै हो ,
सफलताको शिखरमा पुग्दा
हर्षले नयन भरी बर्षा गराउने तिमी नै हो
आमा तिमी ।
प्रकाशन मिति–२०७६ साल बैशाख २१ गते शनिवार । ( आमाको मुख हेर्ने दिवस मातातिर्थ औशी)