काठमाडौं। इजरायलमा नेपालमा जस्तै लकडाउन रहेको छ। इजरायलमा रहेका प्राय सवैजसो नेपालीहरु घरभित्रकै लकडाउनमा रहेका छन्। अत्यावश्यक काम नपरिकन वाहिर जाने नगरेको इजरायलमा नै रहेका नेपाली फोटोग्राफर डेन्डुप तामाङले भिजन संसार डटकमलाई बताएका छन्।

लकडाउनको वर्तमान अवस्थामा अत्यन्त संयमित भएर इजरायल सरकार तथा इजरायल स्थित नेपाली राजदूतावासको निर्देशानुसार आफूहरु अनुशासित बनेर बसिरहेको जानकारी पनि फोटोग्राफर तामाङले दिएका छन्। इजरायलमा नेपालीहरु लकडाउनको अवस्थामा घरैमा बसेर आफूले जानको काम गर्ने अनि रमाइलो वातावरणमा तनाव नलिइकन बस्ने गरेको भनाई पनि फोटोग्राफर तामाङको रहेको छ।

पाथिभरा माताको अनन्य भक्त समेत रहेका फोटोग्राफर तामाङले पत्नी इलित्रा क्षेत्रीलाई नै मोडल बनाएर लकडाउनका सिर्जनात्मक फोटोग्राफी गरेका छन्। भिजन संसार डटकमका लागि इजरायलवाट फोटोग्राफर तामाङले पठाएका मनमोहक फोटोग्राफी यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ–


प्रकाशन मिति–२०७७ साल बैशाख ५ गते शुक्रवार ।