Prabhat MaBi Student Group 3काठमाडौ। नेपाल र नेपालीको गौरबतालाई जस्ताको तस्तै संग्रहालय मार्फत विगत डेढ दशकदेखि इतिहास जोगाउंदैआएका प्रतिभावान सिल्पी व्यक्तित्व इन्द्रमान महर्जनलाई प्रभात विशेष सम्मान प्रदान गरिएको छ। काठमाडौको श्रीघः विहार नघल स्थित प्रभात माध्यमिक विद्यालयवाट वि.सं.२०४५ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समूहव्दारा आयोजित पिकनिक समारोहमा इन्द्रमान महर्जनलाई उक्त सम्मान प्रदान गरिएको हो।

लोप हुन लागेको नेपाली कृषि कला तथा त्यसमा प्रयोग हुने मिहिन भन्दा मिहिन कुराहरुलाई इन्द्रमानले आफ्नो निवास पहिको मार्ग नयाँ बजारमा श्रीरुप नमूना संग्रहालयमा संग्रहित गरेर पिता–पूर्खाका धरोहरुलाई संरक्षण गर्न गरिएको गत्तिलो प्रयासको कदरस्वरुप उक्त सम्मान प्रदान गरिएको आयोजक समितिका अगुवा डेभिड श्रेष्ठले बताएका छन्।

Prabhat MaBi Student Group 1

२८ बर्षपछि भेटिएका पुराना साथीहरुमाझ त्यसप्रकारको गौरबशाली सम्मान पाउंदा आफूले गरेको कार्यको उचित कदर भएको महशुश सम्मानित व्यक्तित्व इन्द्रमान महर्जनले भनेका छन्। प्रभात माध्यमिक विद्यालय एसएलसी २०४५ समूहका पुराना विद्यार्थीहरुले खोकनास्थित कार्यविनायक मन्दिर परिसरमा आयोजना गरेको पिकनिक समारोहमा सम्मानको साथमा २८ बर्ष पुराना साथीहरुको पूर्नरमिलन कार्यक्रम पनि गरिएको थियो। जसवाट पुराना साथीहरुसंग त्यति धेरै बर्षपछि भेटघाट हुंदा गौरबता महशुश भएको सोही समूहका अर्का अगुवा राजु स्थापितको भनाई रहेको छ।

अव उप्रान्त हरेक बर्ष गरिने यसप्रकारका कार्यक्रममा आफ्ना स्थानवाट मुलुकमा गौरबता बढाउने कार्य गर्ने साथीहरुलाई यसरी नै सम्मान प्रदान गरेर जाने योजना रहेको समूहकी संगीता श्रेष्ठले स्पष्ट पारेकी छन्। यस समूहभित्र रहेका साथीहरुलाई कुनैपनि प्रकारका समस्या परेमा त्यसको तत्काल समाधानको लागि सहयोग गर्नका लागि एक ट्रष्ट गठन गर्ने निर्णय समूहले गरेको छ।

जसवाट आपतकालिन अवस्थामा समूहका साथीहरुको लागि सहयोगी माध्यम बन्ने आफूहरुले लक्ष्य तथा उदेश्यका रुपमा लिइएको समूहकै सदस्य राजेन्द्र महर्जन भन्छन्। २८ बर्ष लामो ग्यापिङ्गमा साथीहरु वीच भेटघाट भएर उदेश्यमूलक कार्य गर्न यसप्रकारको राम्रो योजना बनेकोमा सवैले गौरबता महशुश भएको सहभागी २७ जनाले नै भनेका छन्।

Prabhat MaBi Student Group 2
प्रकाशन मिति–२०७३ साल फागुन २१ गते शनिवार ।