Wheel Chair 1काठमाडौ। शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई काठमाडौमा आयोजित कार्यक्रममा निःशुल्क व्हील–चेअर वितरण गरिएको छ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि स्वाबलम्वन जीवन पद्धति केन्द्र इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरको आयोजनामा निःशुल्क व्हील–चेअर वितरण गरिएको हो। जापानी सामाजिक संस्था एएआर जापानको सहयोगमा नेपालमा निर्मित १४ वटा व्हील–चेअर १४ जनालाई वितरण गरिएको आयोजक इण्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरका महासचिव कृष्ण गौतम भन्छन्।

Wheel Chair distribution 2महासचिव गौतमका अनुसार व्हील चेअर पाउने अधिकाँश शारीरिक अपाङ्गता भएका व्यक्तिहरु गत बर्ष बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परेर शारीरिक अपाङ्ग बनेकाहरुलाई नै दिइएको छ। सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, चितवन र काठमाडौ जिल्लाका शारीरिक अपाङ्गता भएकाहरु रहेका छन्।

Wheel Chair distribution 3

नेपालमा नै निर्मित आकर्षक र सहज व्हील–चेअरको नेपाली मूल्य प्रति व्हील–चेअर ४५ हजार पर्ने गरेको र आयोजक इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरले विगत बर्षवाट विभिन्न निकायको सहकार्यमा व्हील–चेअर निर्माण गर्ने कार्य गर्दैआएको जानकारी अपाङ्ग अधिकारकर्मी भोजराज श्रेष्ठले बताएका छन्।

Wheel Chair distribution 1

इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरको पहलमा धुलिखेलमा निर्माण भएका ९० वटाजति व्हील–चेअर वितरण गरिसकेको जानकारी पनि श्रेष्ठले दिएका छन्।

व्हील–चेअर निर्माणमा अपाङ्गकर्मी कृष्ण चौधरी लगायतको टीमले अहोरात्र काम गरेको इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टरका अध्यक्ष गणेश केसी भन्छन्।

अध्यक्ष केसीका अनुसार, विदेशवाट आउने व्हील–चेअरको मूल्य १ लाखभन्दा पनि बढी हुने गर्छन्। नेपालमा नै व्हील–चेअर उत्पादन शुरु हुंदा डब्बल मूल्य कम भएको छ। व्हील–चेअर उत्पादनमा नेपाल चाँडै नै आत्मनिर्भर हुने जिकिर अध्यक्ष केसीले गरेका छन्।

प्रकाशन मिति–२०७३ साल बैशाख १० गते शुक्रबार ।