काठमाडौं। लकडाउन मात्र गर्न जानेको र राहत दिन नजानेको सरकारले काठमाडौं उपत्यकाभित्र थप एक साता लकडाउन थप गरेको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठक पछि बैशाख २९ गतेसम्मको लागि निषेधाज्ञा अर्थात लकडाउन गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भने उपस्थिति थिएनन्। कोरोना सङ्क्रमण देखिएपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी भने अनुपस्थित भएका हुन्। कोरोना सङ्क्रमण बढेको भन्दै स्थानीय प्रशासनले वैशाख १६ गते बिहान ६ बजेदेखि बैशाख २२ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अर्थात लकडाउन भोलि बैशाख २२ गते बुधवार सकिनै लाग्दा फेरि एक हप्ताको लागि लकडाउन थप गरिएको हो।

थप गरिएको निषेधाज्ञामा पहिलेको भन्दा थप कडाई गरिने भएको छ। मानिसलाई अनावश्यक रुपमा हिंड्डुल गर्न समेत निषेध गरिएको छ। अब मानिस सडकमा अनावश्यक कारण हिंडेको भेटेमा सुरक्षाकर्मीले नियन्त्रणमा लिएर कारबाही गर्ने जनाएको छ। त्यस्तै खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ।

यसैवीच कोरोनाको महामारीवाट बच्ने र बचाउने उपाय भनेको मास्क लगाउनु र सोसियल डिस्टान्स मेन्टन गर्नु लगायतका स्वास्थ्य मापदण्ड नै भएको मिसेस टुरिष्म एम्बासडर वर्ल्ड शिलाष्मा हमालले भनेकी छन्। मिसेस टुरिष्म एम्बासडर वर्ल्ड हमालले जहाँ जता जाँदा पनि अनिवार्य रुपमा मास्क लगाउन अनुरोध गरेकी छन्। कोरोनावाट बच्ने र बचाउने उपाय हाललाई मास्क लगाउने नै हो भनेर मिसेस टुरिष्म एम्बासडर वर्ल्ड हमालले भनेकी छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख २१ गते मंगलवार ।