काठमाडौं। मेक्सिकोको इक्सटाप्लुकाको मारित्जा हर्नान्डेज मेन्डेजल नाम गरेकी एक महिलाको गर्भमा एकैसाथ १३ सन्तान हुर्किदै छन्। अन्तरराष्ट्रिय समाचार माध्यमहरुले यो अत्यन्त अनौठो तथा आश्चर्यजनक भएतापनि सत्य भएको पुष्टि गरेको छ। मारित्जा हर्नान्डेज मेन्डेजलको गर्भमा हुर्किदै गरेका १३ सन्तानलाई उनले एकैपटक जन्म दिने भएको पनि समाचार माध्यमहरुले उल्लेख गरेको छ।

बेलायती पत्रिका ‘द मिरर’ का अनुसार यसअघि मारित्जाले पहिलो पटक एउटा बच्चालाई जन्म दिएकी थिइन्। दोस्रो पटक जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् भने तेस्रो पटक उनले एकैसाथ तीन बच्चालाई जन्म दिएकी थिइन्। तीन पटक गरेर ६ जना बच्चा जन्माइसकेकी मारित्जा हर्नान्डेज मेन्डेजलको अव जन्मिने गर्भमा रहेका १३ समेत गरेर बच्चाको संख्या १९ पुग्ने भएको छ।

मारित्जा हर्नान्डेज मेन्डेजलको श्रीमानको नाम फायरम्यान एन्टोनियो सोरियानो हो। एन्टोनियो १४ वर्षदेखि फायर फाइटरको रुपमा काम गर्दै आएका छन्। उनले पाउने पारिश्रमिकले उनको १९ जना बालबालिकाको हेरचाहाका लागि पर्याप्त हुँदैन ।

मेक्सिकोको इक्सटाप्लुकाको काउन्सिलर गेरार्डो ग्युरेरोले बालबच्चाको पालनपोषणको लागि सहयोगको अपिल गर्दै महिलाको गर्भमा १३ जना बच्चा हुर्किरहेको बताएका हुन्। स्वास्थ्य विज्ञहरूले एकैसाथ धेरै बच्चा जन्मिनु जोखिमपूर्ण भनेका छन् । मारित्जाको गर्भका रहेको १३ वटा सन्तान हालसम्म स्वस्थ रहेका छन् । एकैसाथ यति धेरै बच्चा गर्भमा रहनु आठौ आश्चर्य जस्तो नै हुन पुगेको छ।
प्रकाशन मिति–२०७९ साल असार २७ गते सोमवार ।