Biplab Maobadiकाठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदवाट राजिनामा दिएको भोलिपल्ट अर्थात आज सोमवार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्दको घोषणा गरेको छ।

सर्लाही जिल्लाको धरहरा मूर्तिया क्षेत्र तथा सागरनाथ वन विकास परियोजना क्षेत्रमा रहेका सुकुम्वासी बस्तीमा प्रहरी दमन भएको भन्दै त्यसको विरोधमा नेपाल बन्द गरिएको विप्लवले भनेको छ।

सोमवार नेपाल बन्द भनिएतापनि गएराति देखि नेपालमा अविरल बर्षा भैरहेकोले यसको खासै प्रभाव देखिएको छैन्। कतिपयलाई आज सोमवारको बन्दको जानकारी समेत नभएको देखिएको छ।
प्रकाशन मिति–२०७३ साल साउन १० गते सोमवार ।