काठमाडौ। नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले मागे अनुसार चन्दा नदिएपछि आफूमाथि कालोमोसो दलिदिएको बताएका छन् ।

महाप्रवन्धक कंसाकारले आफूसंग चन्दा माग गरेको र आफूले दिन नसक्ने भनेपछि कालोमोसो दलेर भागेको प्रतिक्रिया दिएका छन्। कंसाकारले मागे जति आर्थिक सहयोग उपलब्ध नगराएकै कारण आफूलाई कालो मोसो दलेको दाबी गरेका हुन् ।

तर, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेलले कंसाकारले भ्रष्टाचारीलाई ढाकछोप गर्न बनावटी कुरा गरेको प्रतिक्रिया नयाँ पत्रिकालाई दिएका छन् ।
प्रकाशन मिति–२०७५ साल पुस २० गते शुक्रवार ।