Kanakmani Dixit1काठमाडौ। साझा यातायात तथा हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षित, दीक्षितको पिता कमलमणि दीक्षित र भाइ कुन्दमणि दीक्षितको नाममा रहेको ललितपुर उपमहानगरपालिका पाटनढोकामा रहेको करिब १९ रोपनी जग्गा नेपाल सरकारले जफत गर्ने निर्णय गरेको छ।

भूमिसुधार कार्यालय ललितपुरका अधिकृत चुडामणि चापागाईले वि.सं.२०२१ सालमा जगदम्वा महारानीले आफूले हकभोग गर्न नपाउने जग्गा सरकारको जिम्मा लगाएपनि सोही जग्गा दीक्षित परिवारले आफ्नो नाममा गरेको पुष्टि भएकोले जफत गरिएको खुलासा गरेका छन्।
प्रकाशन मिति–२०७३ साल साउन १९ गते बुधवार ।