Mr. Byakul Mahila.
Mr. Byakul Mahila.

काठमाडौ। नेपालको राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिला सम्मानित बनेका छन्। शनिवार काठमाडौको बल्खु स्थित कमल इङ्गलिस स्कुलमा आयोजित कार्यक्रममा कमल इङ्गलिस स्कुलले सम्मान गरेको हो। कमल इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल रामकृष्ण तण्डुकारले स्कुलको गौरबमय परम्पराअनुरुप राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलालाई सम्मान गरिएको बताए।

kamal-school-progm-3

प्रिन्सिपल तण्डुकारले नेपालको राष्ट्रियताको पहिचान दिने गौरबमय गीतका स्रष्टा व्याकुल माहिलाको नेपाली साहित्यमा बेग्लै पहिचान तथा योगदान रहेको र यस्ता गौरबमय स्रष्टाको राष्ट्रले सदा कदर गर्नुपर्ने कुरामा जोड दिए। सम्मानित राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाले आयोजक कमल इङ्गलिस स्कुलका संस्थापक प्रिन्सिपल रामकृष्ण तण्डुकार आफैपनि सर्जक स्रष्टाको रुपमा आफूले चिनेको र राकृत उपनामवाट साहित्य सिर्जना गर्दैआएका स्रष्टा भएकोले आफ्नो पुरानै परिचय रहेको बताए।

kamal-school-progm-4

कमल इङ्गलिस स्कुल र स्कुलका संस्थापक प्रिन्सिपल तण्डुरकारले आफूप्रति गरेको भव्य सम्मानले अझ आफूलाई थप जिम्मेवारी थपिदिएको राष्ट्रिय गीतका रचनाकार माहिलाले भन्न चुकेनन्। सम्मान कार्यक्रममा कमल इङ्गलिस स्कुलवाट वि.सं.२०७२ सालको एसएलसी परीक्षा पास गर्ने एसएलसी ग्राजुयेटहरुलाई सम्मान गर्ने कार्य व्याकुल माहिलावाट भयो।

kamal-school-progm-1

कमल इङ्गलिस स्कुलवाट वि.सं.२०७२ सालको एसएलसी परीक्षामा ३८ जना विद्यार्थीहरु एसएलसी ग्राजुयेट भएका थिए। जसमध्ये सवोत्कृष्ट नंबर प्राप्त गर्ने कञ्चन चौधरीलाई स्कुलको तर्फवाट नगद ५ हजारसहित विशेष प्रोत्साहन सम्मान प्रदान गर्ने कार्य भएको थियो।

विगत अढाई दशकदेखि बल्खु क्षेत्रको अब्बल दर्जाको स्कुलको स्थान कायम गर्दै आएको कमल इङ्गलिस स्कुलवाट निक्कै उत्कृष्ट विद्यार्थी उत्पादन गरेर मुलुकको सर्वाङ्गिन विकासमा टेवा दिइसकेको छ। अझ दिने कार्यमा निरन्तर लागिरहेको स्कुल प्रशासनले भनेको छ।

kamal-school-progm-2प्रकाशन मिति–२०७३ साल कात्तिक २७ गते शनिवार ।