CDO of Bara District-Mr. Bijaya Narayan Manandhar.
CDO of Bara District-Mr. Bijaya Narayan Manandhar.

काठमाडौ। तिमी पहाडहरुलाई सोध, तिमी रोयौ म पनि त रोए जस्ता दर्जनौ कालजयी बुनियाद गीतका गायक विजयनारायण मानन्धर यतिखेर प्रमुख जिल्ला अधिकारीको रुपमा सिराहावाट बारा जिल्लामा सरुवा भएका छन्।

प्रखर गायकको रुपमा बेग्लै स्थान जमाइएका मानन्धर नेपाल सरकारको कुशल प्रशासकको रुपमा चिनिदै आएका छन्। नेपालको विकट जिल्ला हुम्ला तथा कालिकोटमा प्रमुख जिल्ला अधिकारी भएर त्यहाँका स्थानिय जनताको वाहवाही पाएका मानन्धर त्यसपछि धनकुटा सरुवा भएका थिए। धनकुटा पछि सिरहा सरुवा भएर हाल बारा पुगेका मानन्धरले यसलाई नेपाल सरकारको जागिरे भएपछिको नियमित प्रक्रियाको रुपमा लिएको बताएका छन्।

जस्तोसुकै जिम्मेवार पदमा पुगेतापनि गीत गायनको कलालाई जहाँपनि प्रस्तुत गर्न हिचनकिचाउने मानन्धरले केही महिनाअघि नेपालको राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रममा पनि राष्ट्रिय गीत गाएका थिए। कहिले पहाड त कहिले हिमाल र यतिखेर तराईको जिल्लामा प्रमुख जिल्ला अधिकारी बनेर नेपाली जनताको सेवामा लागेका उनी कर्ममा नै भगवान देख्छन्। र भन्छन्–मेरो भगवान नै नेपाली जनता हो।
प्रकाशन मिति–२०७३ साल मंसीर १० गते शुक्रबार ।