काठमाडौ। काठमाडौ उपत्यकावाट नेपालको पूर्वी तथा पश्चिमका जिल्लाहरुमा जाने प्रमुख नाका कलंकीको चर्को जाममा कमी आउने भएको छ। कलंकीमा निर्माण भएको कलंकी अण्डरपास आज शुक्रबारवाट संचालनमा आएपछि जाममा कमी आएको हो।

चार लेनको अण्डरपासमध्ये दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजनाले जनाएको छ। दुई लेनमा निर्माण सामग्री राखिएकाले एक महिना पछि त्यो दुवै लेन पनि संचालनमा आउने आयोजनाको दावी रहेको छ।

चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो। अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन।
प्रकाशन मिति–२०७५ साल भदौ १ गते शुक्रबार ।