काठमाडौं। कोरोना संक्रमणको कारण देखाएर काठमाडौं उपत्यकामा लकडाउन गरेको पनि आज भाद्र १५ गतेवाट १२ दिन पुगेको छ। एक साताको लागि गरिएको लकडाउनमा थप लकडाउन गरेर भाद्र १७ गतेसम्म कायम गरेको छ। जति लकडाउन गरेतापनि काठमाडौंमा कोरोना संक्रमण घट्न सकेको छैन्।

विदेशवाट काठमाडौं झर्नेहरुलाई उचित आइसोलेसन तथा क्वारेन्टाइनमा राख्न नसकेसम्म र संघीय राजधानी काठमाडौंमा हालसम्म आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था गर्न नसकेसम्म संक्रमण घट्ने लक्षण देखिदैन। सरकारलाई यसवारेमा त्यति तातो पसेजस्तो देखिएको छैन्। खाली लकडाउन गरेर समाधान गर्न खोजिरहेको छ।

नेपाली जनता यतिखेर रोगले भन्दा भोकले मर्ने अवस्था आइसकेको छ। सरकार निम्न बर्ग देखि मध्यम बर्गसम्मलाई कुनै राहत दिने सोचमा देखिएको छैन्। जुन विडम्वना हो। ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्यको क्यामेरावाट पीडामा रहेको काठमाडौंलाई लकडाउनको १२ दिनमा हेर्दा यस्तो अवस्था देखियो। काठमाडौंको अवस्था हेर्दा घोडामा सवार राणा प्रधानमन्त्री पनि रोएको जस्तो अनुभव भयो।


प्रकाशन मिति–२०७७ साल भाद्र १५ गते सोमवार ।