ललितपुर । ज्यापु समाज ललितपुर खेलकुद शाखाको आयोजनामा प्रथम काजीलाल व्याटमिन्टन प्रतियोगिता शुभारम्भ भएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दीप प्रज्ज्वलन गरेपछि प्रतियोगिता शुभारम्भ भएको हो ।

ज्यापु समाज ललितपुरका संस्थापक अध्यक्ष काजीलाल अवालको स्मृतिमा आयोजित प्रथम काजीलाल व्याटमिन्टन प्रतियोगिताको शुभारम्भ समारोहमा मेयर महर्जनका साथमा व्याडमिन्टन खेलको धुरन्धर खेलाडी मोहन बहादुर शाहीको विशेष उपस्थिति थियो।

Kaji Lal Sports 31694013230.jpg                                                                                                            खेलको उद्घाटन समयमा विभिन्न टिमले खेल शुरु गरेका थिएभने खेलभरिमा भेट्रान ११ टिम, मेन्स डबल ४० टिम र अण्डर १७ को ८ टिमको उपस्थिति रहने पनि सो कार्यक्रममा जानकारी दिइएको थियो। काजिलाल व्याडमिन्टन खेल शुचारु गर्नको लागि स्व. काजिलाल अवालेको घरबाट १० लाख अक्षयकोष स्थापना गर्न सहयोग रहने र रकम नपुग भएकोले यसलाई बढाउन छलफल भइरहेको पनि आयोजक समितिले जनाएको छ।

संयोजक बाबुराजा महर्जनको  सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत मन्तव्य उप-संयोजक बुद्ध रत्न महर्जनले दिएका थिएभने कार्यक्रममा नेपालका चर्चित रेफ्रि अनुप रत्न शाक्य, युवा तथा श्रम विभागका प्रमुख लगायत उपाध्यक्ष किरण डंगोल, समाजका अन्य  उपाध्यक्षहरुको उपस्थिति थियो ।

Kaji Lal Sports 11694013229.jpg